६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

लिभरपुलको फराकिलो जित



एजेन्सी ।
इंग्लिस प्रीमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुलले फराकिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथी ४-० गोलको फराकिलो जित निकालेको हो ।

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन ट्रेन्ट एलेक्जान्दर अर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र साडिओ मानेले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा ट्रेन्टले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सलाहले गोल गर्दै अग्रता दोब्बर पारे । उनले फाबिन्होको पासमा गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २९० को अग्रता दिलाएका थिए । त्यस्तै ५५ औं मिनेटमा फाबिन्होले गोल गरे । उनले आन्द्रे रोवर्टसनको पासमा गोल गर्दै लिभरपुलको अग्रता ३(० को पारे ।

त्यसपछि मानेले गोल गर्दै लिभरपुललाई ४(० ले अगाडि बढाए । मानेले सलाहको पासमा गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए ।

यस जितसँगै लिभरपुल उपाधी नजिक पुगेको छ । अब लिगको उपाधिका लागि मात्र एक खेल टाढा रहेको लिभरपुलले अर्को खेल बराबरी खेले मात्र च्याम्पियन बन्ने छ । लिभरपुलले ३१ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २३ अंकको अन्तर बनाएको छ । यता क्रिस्टल प्यालेस समान खेलबाट ४२ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ८ : १४ बजे