१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रुपन्देहीका ५ क्याम्पस पाए क्यूएए प्रमाणपत्र



रुपन्देही ।
रुपन्देहीको सैनामैना–६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ । क्याम्पसले विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पूरा गर्दै क्युएए पाएको क्याम्पस प्रमुख यदुलाल पन्थले बताउनुभयो ।

शैक्षिक गुणस्तरको वृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्ति गरेको हो ।

क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पूरा गर्दै क्यूएए प्राप्त गरेको उहाले बताउनुभयो । क्यूएए प्राप्तिले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि ३ करोडसम्म अनुदान प्राप्त हुने भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज ज्ञवालीले जानकारी दिनुभयो । योसहित रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता पाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ८ : ०३ बजे