७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आर्सनलद्वारा साउथह्याम्पटन पराजित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साउथह्याम्पटनलाई पराजित गरेको छ । पाहुना टोली आर्सनलले बिहीबार राति भएको खेलमा साउथह्याम्पटनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितका लागि एडवार्ड एनकेइटा र जोसेफ विललकले एक एक गोल गरे । खेलको २० औं मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ८५ औं मिनेटमा साउथह्याम्पटनका जयक स्टेपहेन्सले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछी घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । जस्को फाइदा उठाउँदै आर्सनलले थप एक गोल गरेको थियो । साउथह्याम्पटन दस खेलाडीमा समेटिएको दुई मिनेट नबित्दै जोसेफले गोल गर्दै आर्सनलको अग्रता दोब्बर परे । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्सनलले २-० गोलले जितेको हो ।

जितसँगै आर्सनलले ३१ खेलबाट ४३ अंक जोड्दै तालिकाको नवौं स्थानमा रहेको छ । पराजित साउथह्याम्पटन समान खेलबाट ३७ अंक जोड्दै १४ औं स्थानमा छ ।

त्यस्तै बिबीवार राति नै भएको अर्को खेलमा बर्नलीले वाट्फोर्डलाई पराजित गरेको छ । घरेलु मैदानमा बर्निलले वाट्फोर्डलाई १-० ले पराजित गरेको हो ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  ७ : ३० बजे