६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा



एजेन्सी ।
सन् २०२३ को फिफा महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्तरुपमा आयोजना हुने भएको छ ।

विश्वकप आयोजकका लागि बुधबार भएको मतदानबाट विश्वकप आयोजनाको जिम्मेवारी अष्ट्रेलिया र न्युजिल्याण्डले पाएको हो ।

मतदानमा कोलम्बियालाई पछि पार्दै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो ।

फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डले आयोजनाको जिम्मेवारी पाएसँगै पहिलो पटक दुई फरक कन्फेडेरेसनमा (एसियन र ओसियाना) विश्वकप आयोजना हुने भएको छ ।

यस विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  ७ : ४९ बजे