१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक पक्राउ



नेपालगञ्ज ।
सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा एकजना सुनचाँदी व्यवसायीलाई एक करोड २५ लाख रुपैयाँ ऋण दिएको घटनामा प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ ।
नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
यही घटनाको अनुसन्धान गरेको प्रहरीले बैंकका शाखा प्रवन्धक शाहीलाई पक्राउ गरेको हो । ऋण लिने जसगढ यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रहरीले अहिले सरकारी छाप किर्तेको अनुसन्धान गरिरहेको छ । त्यसक्रममा शाहीलाई पक्राउ गरेरम्याद थपको प्रक्रिया अघि बढाइसकेको छ भने बैंकका अरु कर्मचारीसँग बयान लिइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  १ : ५६ बजे