२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

एटलान्टासँग नेपोली पराजित



एजेन्सी ।
इटाली सिरी ए फुटबलमा नेपोली एटलान्टसँग पराजित भएको छ । एटलान्टाको घरेलु मैदानमा बिहीबार राति भएको खेलमा नेपोली २-० गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मारिओ पासालिच र रोबिन गोसेन्सले एक एक गोल गर्दै एटलान्टालाई जित दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै पासालिचले गोल गर्दै अग्रता दिलाएका थिए । उनले खेलको ४७ औंम मिनेटमा एलेजान्द्रो गोमेजको पासमा गोल गर्दै १-० को अग्रता दिलाएका थिए । त्यस्तै ५५ औं मिनेटमा गोसेन्सले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे । उनले राफेल टोलोइको पासमा गोल गर्दै एटलेन्टालाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै एटलेन्टा २९ खेलबाट ६० अंक जोड्दै तालिकाको चौथो स्थानमा यथावत छ । पराजित नेपोली भने समान खेलमा ४५ अंक जोड्दै छैटौं स्थानमा छ ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा रोमा पराजित भएको छ । घरेलु मैदानमा दस खेलाडीमा समेरिएको रोमा उडिनेसेसँग २-० गोलले पराजित भएको हो ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ७ : ५३ बजे