७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

चेल्सीको प्रभावशाली जित



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहेर आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा रहेको चेल्सी सो मार्गका थप बलियो बनेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई ३–० ले पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि ओलिभर जिरउड, विलियन र रोस बार्क्लीले गोल गरेका हुन् ।

२८ औँ मिनेटमा जिरउडले गोल गरेर चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा विलियनले गोल गरेपछि अग्रता दोब्बर भयो । इन्जुरी समयको दोस्रो मिनेट अर्थात ९२ औँ मिनेटमा बार्क्लीले गोल गरी चेल्सीलाई ३–० को जित दिलाए ।

जितपछि चौथो स्थानको चेल्सीको ३३ खेलबाट ५७ अंक भएको छ । रेलिगेशन जोनबाट माथि १७ औँ स्थानमा रहेको वाट्फोर्डको ३३ खेलबाट २८ अंक छ ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ६ : ५१ बजे