७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

लाजिओलाई एसी मिलानले हरायो



एजेन्सी ।
इटालियन सिरी ए फुटबलको उपाधि होडमा युभेन्टसलाई च्यालेन्ज गरिरहेको लाजिओ कमजोर बनेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलानसँग लाजिओ ३–० ले पराजित भएपछि युभेन्टसको उपाधि होड थप बलियो बनेको छ र भने लाजिओ बिस्तार होडबाट बाहिरिने क्रममा देखिएको छ ।

अबे मैदानमा भएको खेलमा एसी मिलानका लागि काल्हानोग्लुले २३ औँ मिनेटमा गोल गरी सुरुवाति अग्रता दिलाए । ३४ औँ मिनेटमा पाएको पेनाल्टीमा जाल्टन इब्राहिमोविचले गोल गरे । यस्तै रेबिकले ५९ औँ मिनेटमा गोल गरेपछि एसी मिलान ३–० ले विजयी भयो ।

जितपछि ३० खेलबाट ४६ अंक बनाएको एसी मिलान छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको दोस्रो स्थानको लाजिओको युभैन्टससँगको अंक दूरी सात भएको छ । उसको ३० खेलबाट ६८ तथा शीर्ष स्थानको युभेन्टसको ७५ अंक छ ।

शनिबार राति नै भएको अर्को खेलमा सासुओलोले लिचेलाई ४–२ ले पराजित गरेको छ ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ६ : ५३ बजे