१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

खोला किनारमा पुरुष मृत फेला



बुटवल ।
रुपन्देहीको सैनामैनामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका १ का २६ वर्षीय कुलबहादुर कुँवर आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी सैनामैना नगरपालिका वडा ११ मसुरीभाटामा रहेको कञ्चन खोला किनारमा मृत भेटिएका थिए ।
मानसिक रुपमा विछिप्त उनी आफैं वा कसैले खोलामा धकेलेर बगेको र मृत्यु भएको हुनसक्ने प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदावरले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ७ : २२ बजे