११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

ला लिगाः रियलभन्दा बार्सिलोना ७ अंकले पछि



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले साँघुरो जित निकालेको छ । आइतबार भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै रियलले साँघुरो जित निकालेको हो ।

बिल्बाओको मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे ।

डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरे ।

जितसँगै रियलले उपाधि होड बलियो बनाएको छ । यस्तै रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ७ अंकको अग्रता बनाएको छ । । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक रहेको छ ।

४८ अंक जोडेको बिल्बाओ आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ६ : ३३ बजे