११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रिमियर लिग च्याम्पियन लिभरपुलद्धारा एस्टन भिल्ला पराजित



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ ।घरेलु मैदानमा आइतबार राति लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २(० को जित दिलाए । जोन्सले शनिबार मात्रै क्लबसँग नयाँ सम्झौता गरेका थिए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

दोस्रो स्थानको सिटीको ३२ खेलमा ६६ अंक रहेको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २(२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ६ : ३८ बजे