६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ला लिगाः बार्सिलोनाको सानदार जित, उपाधि रक्षाामा संकट



एजेन्सी ।

स्टार फरवार्डद्धय लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि सानदार जित हात पारेको छ ।बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को सानदार जित निकाल्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरुी ४ मा छोट्याएको हो ।

जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगामा चार खेल बाँकी रहँदा बार्सिलोनाले सबै खेलमा जित निकाल्नुका साथै शीर्षस्थानको रियलले अंक गुमाउनुपर्ने हुन्छ । बार्सिलोनाको जितमा ग्रिज म्यान र सुआरेजले गोल गरे ।

शीर्षस्थानको रियलले आइतबार राति नै एथ्लेटिको क्लब बिल्वाओमाथि १–० को कठिन जित निकालेको थियो । बार्सिलोनाको जितमा युवा स्टार अन्सु फातीले पनि गोल गर्दा एक गोल उपहार पाएको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक रहेको छ । पराजित भिल्लारियल ५४ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ७ : १९ बजे