१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाघको छालासहित एक जना पक्राउ



बाँके ।
बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ४ : १८ बजे