१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

२ लाख ३९ हजार रुपैयाँसहित ९ जुवाडे पक्राउ



दाङ ।
प्रहरीले दाङको तुलसीपुरबाट झण्डै दुई लाख ५० हजार रुपैयाँसहित नौ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुर पार्क नजिकै एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले दुई लाख ३९ हजार रुपैयाँसहित नौ जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ७ का ३६ वर्षीय रेम सुनार, ३८ वर्षीय शिवबहादुर स्वर्णकार, ३९ वर्षीय धनेश्वर सेर्पाइली, २७ वर्षीय सन्तोष नेपाली, ३६ वर्षीय खिमबहादुर सुनार, ३३ वर्षीय रविन्द्र सिङ नेपाली रहेका छन् । त्यस्तै तुलसीपुर ८ का ४८ वर्षीय टंकबहादुर सुनार, ३५ वर्षीय शोभाराम सुनार र तुलसीपुर ५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ४ : ३३ बजे