७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार



गुल्मी ।
गुल्मीमा पहिरोमा फसेकी एक महिलाको उद्धार गरिएको छ । पहिरोको दलदलमा भासिएकी मुसिकोट नगरपालिका २ की ५५ वर्षीया तारा कुमाललाई १८ घण्टापछि स्थानीयहरुले उद्धार गरेका हुन् । कुमाललाई सोमबार बेलुकी ६ बजेतिर खेतमा पहिरोले बगाएको मकै लिएर फर्कँदै गर्दा पहिरोले बगाएको स्थानीयले बताएका छन् । ​
उद्धार गरिएकी महिलालाई अहिले स्थानीय घरमा राखिएको छ । कुमाललाई उपचारको लागि सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभयो ।
गएको बिहीबार राति आएको बाढीले बगाउँदा बेपत्ता बनेका मुसिकोट नगरपालिका २ का ५५ वर्षीय भागीरथ घिमिरे भने अझै भेटिनुभएको छैन ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ७ : ११ बजे