१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पहिलो हाफको १८ मिनेटभित्रै ६ गोल भएको खेलमा हार्यो युभेन्टस्, चेल्सी तेश्रो स्थानमा



एजेनसी ।
इटालियन सिरी ए फुटबलमा एसी मिलानसँग शीर्ष स्थानको युभेन्ट्स पराजित भएको छ । मंगलबार राति सान सिरोमा साविक विजेता युभेन्टसले एसी मिलानसँग ४–२ गोलको हार व्यहोरेको हो । खेलमा दुवैतर्फबाट गरी ६ गोल हाःफ पछि नै भएको थियो । युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २–० को अग्रता लिएको थियो तर करिब १८ मिनेटभित्र लगातार ४ गोल खायो ।


एसी मिलानको जितमा ज्लाटन इब्राहिमोभिच, फ्रान्क केस्सी, राफाएल लिआओ र रेबिचले गोल गरे । युभेन्टसका एड्रीएन राबीओट र क्रिस्टियानो रोनाल्डोले एकरएक गोल गरे ।
जितसँगै एसी मिलान ३१ खेलबाट ४९ अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिएको छ । हारे पनि युभेन्टस अंक तालिकाको शीर्षस्थानमै छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ भने लाजियो ३१ खेलमा ६८ अंकसहित दोस्रो स्थानमा छ ।

उता इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ८ : १६ बजे