९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गोरुसि‌ंगे–सन्धिखर्क सडक दैनिक ८ घण्टा बन्द



कपिलवस्तु ।
अर्घाखाँचीको गोरुसिंगे–सन्धिखर्क सडकखण्ड स्तरोन्नति गर्न बुधबारदेखि दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । सन्धिखर्कको फुदवाङदेखि नरपानीसम्म १३ किलोमिटर सडक बिहान ८ देखि १२ बजे र दिउँसो २ देखि ६ बजेसम्म बन्द हुने भएको हो ।
‘दिनमा दुईपटक चार–चार घण्टाका दरले आठ घण्टा उक्त सडकखण्ड बन्द गरेर काम गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भने, अत्यावश्यकबाहेकका सवारीसाधन आवत–जावत पूर्ण रूपमा बन्द रहनेछ ।’
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती सडक स्तरोन्नति गर्न आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको उनले बताए । एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायत अत्यावश्यक र संवेदनशील सवारीसाधन भने चल्न दिने बैठकको निर्णय छ ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ५ : ५० बजे