७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

रोनाल्डोले २ गोल गरे पनि युभेन्ट्सले जित्न सकेन



एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा एटलान्टासंग बराबरी खेलेको छ ।शनिबार राति युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

युभेन्ट्सका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमा गरेका थिए । दुवै पटक खेलमा पछि परेको अवस्थामा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका हुन् ।बराबरीको नतिजासंगै युभेन्ट्सले सिरि ए फुटबलमा ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।

पाहुना टोली एटलान्टाले दुई पटक अग्रता बनाउँदै लामो समय खेल नियन्त्रणमा राखेको थियो । टुरिन क्लबबिरुद्ध डुवन जापाटा र रुस्लान मालिनोवस्कीले गोल गर्दै एटलान्टालाई अघि बढाएका थिए ।

तर खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले खेलको अन्तिम मिनेटमा समेत पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए । उनले लिगको २८ खेलमा २८ गोल गर्न सफल रहे ।शीर्ष स्थानको युभेन्ट्सको ७६ अंक छ ।

तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ । एटलान्टा दोस्रो स्थानको लाजियो भन्दा मात्र एक अंकले पछि छ । बराबरीको नतिजासंगै क्लबले लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : ०९ बजे