७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बार्सिलोनाको साँघुरो जित, गोल नगरे पनि मेस्सीको किर्तिमानी



एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १(० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे ।खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो ।उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।

जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : १२ बजे