१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

च्याम्पियन लिभरपुलको बर्नलीसंग बराबरी नतिजा



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुल बराबरीमा रोकिएको छ ।शनिबार भएको खेलमा लिभरपुल बर्नलीसँग ११ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा बर्नली खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

यससँगै लिभरपुल सन् २०१९ को जनवरीपछि पहिलो पटक घरेलु मैदानमा जित निकाल्न असफल भएको छ ।बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २४ अंकले अघि रहेको छ । बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : १५ बजे