१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चेल्सीको लज्जास्पद हार



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो हार व्यहोरेको छ । लिगको तेस्रो स्थानमा रहेको चेल्सी शनिबार राति सेफिल्ड युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन डाभिड म्याकगोल्ड्रिकले दुई गोल गरे । यस्तै ओलिभर म्याकब्रुनीले एक गोल गरे ।

खेलको १८ औं मिनेटमा म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा म्याकब्रुनीले गोल गर्दा पहिलो हाफमा सेफिल्ड २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा म्याकगोल्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै सेफिल्डलाई ३-० को जित दिलाए ।

यो हारसँगै चेल्सीले शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । चेल्सीले ३५ खेलमा ६० अंक जोडेको छ ।चेल्सीलाई हराएसँगै सेफिल्ड लिगको छैटौं स्थानमा उक्लिएको छ । सेफिल्डले ५४ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : १८ बजे