१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कोरोनासंगै तंग्रिँदै विश्व क्रिकेटः इंग्ल्यान्ड माथि वेष्टइण्डिजको जित



एजेन्सी ।

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ ।
साउथह्याम्पटनको एजेस बाउलमा आइतबार वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।

जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १(० को अग्रता बनाएको छ ।पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो ।

इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पुरा गर्यो ।वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिएपनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् ।यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । जोफ्रा आर्चरले २३ रन बनाए ।

वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २र२ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो ।यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो ।

यस खेलसँगै कोरोना भाईरसको महामारीपछि स्थगित अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि फर्किएको हो । कोरोनाको कारण मार्चबाट कुनै अन्तर्राष्ट्रिय क्रिकेट भएको थिएन् । दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ । दोस्रो टेष्ट बिहीबारबाट म्यानचेस्टरमा सुरु हुनेछ ।

प्रकाशित मिति : २९ असार २०७७ सोमबार ००:००  ६ : २५ बजे