७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

क्वारेन्टाइनमा रक्सी लिएर पुग्दा पर्‍यो फसाद



रुकुम (पूर्व) ।
सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि क्वारेन्टाइनमा मदिरा पु¥याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिस्ने–५ टाकुराका ३५ वर्षीय गोरखबहादुर विक र सोही ठाउँका ३९ वर्षीय दिलबहादुर खत्रीलाई प्रहरीले समातेको हो ।

ती दुईलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

सोमबार दिउँसो जिल्ला अदालतबाट सार्वजनिक सुरक्षा तथा स्वास्थ्य नैतिकविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ७ : ०३ बजे