११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रदेश ५ का सांसद र उप-सचिवमा पनि देखियो कोरोना



बाँके ।
प्रदेश ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्यावमा भएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेकी छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिनँ ।

पिसिआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले मसँग एक हप्तायता नजिकमा रहनुभएका सबैले सेल्फ आइसुलेट तथा पिसिआर जाँच गराउन आग्रह गर्दछु,’ उनले भनेकी छन्

उप-सचिवलाई पनि कोरोना पुष्टि

नेपालगन्जमा एक सरकारी कार्यालयका उपसचिवलाई पनि कोरोना पुष्टि भएको छ । नेपालगन्जमा कोरोना संक्रमण हुने उनी उच्च तहका पहिलो कर्मचारी हुन् ।

जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवलाई कोरोना पुष्टि भएको भेरी अस्पतालको कोरोना रिपोर्टमा उल्लेख छ। शनिबार कोरोना पुष्टि भएका नेपालगन्जका १६ जनामा ११ जना क्वारेन्टाइनका हुन् । भने, पाँच जना शंका लागेर जँचाएका ब्यक्ति हुन् । चार जना कोहलपुरका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  ७ : १७ बजे