१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

बाँके जिल्ला कारागारका १३ कैदी संक्रमणमुक्त



बाँके ।

बाँकेका थप १३ जना संक्रमितले कोरोनालाई जितेको छन्। बाँके जिल्ला कारागारका १३ कैदी कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन्‌।

कोरोना जितेका कैदीलाई आजै कारागारमा ल्याइने भएको छ। खजुरास्थित कृषि बिकास तालिम केन्द्र आइसोलेशनमा रहेका दुई महिलासहित १३ जना डिस्चार्ज हुन लागेको श्रेष्ठले बताए।

यो सँगै बाँकेमा कोरोना जित्नेको संख्या ४६८ पुगेको छ। अहिले बाँकेका विभिन्न आइसोलेसनमा २६३ जना संक्रमितले स्वास्थ्यलाभ गरिरहेका छन्‌।

प्रकाशित मिति : २ भदौ २०७७ मंगलबार ००:००  ३ : २१ बजे