७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

पाल्पामा ढुंगाले लागेर आमाको मृत्यु, छोरी गम्भीर घाइते



पाल्पा ।

तिनाउ गाउँपालिका–३ श्रीडाँडामा ढुंगाले लागेर एकजना महिलाको मृत्यु भएको छ। एक जना घाइते भएकी छन्। मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए। उनकी तीन वर्षीया छोरी करिस्मा घाइते भएकी छन् ।

गम्भीर घाइते करिस्माको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । तीज मनाउन श्रीडाँडास्थित माइतीघर आएकी उनी निषेधाज्ञाका कारण घर फर्कन पाएकी थिइनन् । माइती घरमा बसिरहेको अवस्थामा मंगलबार राति करिब ७ बजे घरमाथिबाट खसेको ढुंगाले लागेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७ बुधबार ००:००  ९ : १४ बजे