३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बाँकेमा २४ जनाले जिते कोरोना



नेपालगञ्ज ।

बाँकेको जानकी गाउँपालिका वडा नं. ३ निवासी ८८ बर्षीय वृद्धले कोरोना जितेर आज घर फर्किएका छन्। भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि खजुराखुर्दस्थित कृषि तालिमम केन्द्र आइसोलेसन केन्द्रमा राखिएकोमा १४ दिनसम्म कोरोना सम्बन्धि कुनै लक्षण नदेखिए पछि आज डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, आज ८८ वर्षीय वृद्धसहित नेपाली सेनाका १७ समेत गरी बाँकेबाट २४ जनाले कोरोना जितेर घर फर्किएका हुन्।

बाँकेमा आजसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ७ सय ८३ पुगेको छ। बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १८ भदौ २०७७ बिहिबार ००:००  २ : ०१ बजे