३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

दाङमा तालमा बेपत्ता युवाको शव फेला



दाङ ।

घोराहीमा मानव निर्मित कृत्रिम जलासयमा डुवेर बेपत्ता भएका युवाको शव २४ घन्टापछि फेला परेको छ। आइतबार दिउँसो घोराही उपमहानगरपालिका वडा नं. ४ भकारेमा निर्मित कमिरे ड्याममा पौडी खेल्न पसेका स्थानीय २३ वर्षीय गोपाल विक डुवेर बेपत्ता भएका थिए। उनको शव सोमबार दिउँसो साढे २ बजेतिर फेला परेको हो।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले नेपाल प्रहरीको टोलीले विकको शव फेला पारेको जानकारी दिए। ‘हामीले बेपत्ता युवाको शव भर्खरै फेला पार्न सफल भयौं,’ डिएसपी खड्काले भने ‘ अब शवको पोष्ट मार्टमका लागि अस्पताल पठाउने काम हुँदैछ।’

स्थानीय र प्रहरीका जवानले ती बेपत्ता युवाको आइतबार दिनभर खोजी गरेपनि फेला पार्न सकेका थिएनन्। अन्य चार जना सकुशल रहे पनि विक भने डुवेर बेपत्ता भएका थिए।

प्रकाशित मिति : २२ भदौ २०७७ सोमबार ००:००  ४ : २५ बजे