८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रुपन्देहीमा १९ जना संक्रमित थपिए



बुटवल ।

रुपन्देहीमा मंगलबार १९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जसमध्ये १५ जना पुरुष र ४ जना महिला छन्। आज थपिएकासँगै रुपन्देहीमा संक्रमितको संख्या १३४८ पुगेको छ। जसमध्ये ६७६ जना सक्रिय संक्रमित हुन्। ६५८ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

मंगलबार थपिएकामध्ये बुटवल उपमहानगरपालिका र रोहिणी गाउँपालिकामा ५(५, सिद्धार्थनगरका ३, तिलोत्तमाका ४, सैनामैना र ओमसतियाका १-१ जना रहेका स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।

प्रकाशित मिति : २३ भदौ २०७७ मंगलबार ००:००  ५ : ३२ बजे