२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

पाल्पामा सशस्त्रका डीएसपी सहित पाँच जनाले रगत दिएर सुत्केरीको ज्यान जोगाए



पाल्पा ।
पाल्पामा सशस्त्र प्रहरीका डीएसपी सहित पाँच जनाले रगत दिएर एक गर्भवतीको ज्यान जोगाएका छन् । धेरै रगत बगेर गम्भीर अवस्थामा पुग्नुभएकी निस्दी गाउँपालिका १ की २६ वर्षीया टिकामाया सोतीलाई रगत दिएर ज्यान जोगाएको हो । डीएसपी अरुणकुमार सिंह सशस्त्रका अरु चार जनालाई लिएर गएराति ११ बजे अस्पताल पुगेर रगत दिनुभएको हो ।

रगत दानका लागि सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए । आफन्त र छरछिमेकसँग हारगुहार गरेर पाँच पिन्ट रगत चढाए पनि थप पाँच पिन्ट ए पोजेटिभ रगत नपाएका बेला सशस्त्र प्रहरी आएर रगत दिएका बिरामीका श्रीमान् दुर्गाबहादुर सोतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  ५ : ११ बजे