पाल्पामा स्वास्थ्यकर्मीसहित २० जनामा कोरोना पुष्टि


पाल्पा ।

चिकित्सक र स्वास्थ्यकर्मीसहित मंगलबार पाल्पामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार युनाइटेड मिसन अस्पतालका ४, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बाँकी १० जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका हुन् ।

पाल्पा अस्पतालमा बिरामी र चिकित्सककी ७ वर्षीय छोरीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । लुम्बिनी मेडिकल कलेजमा चार जना डाक्टरमा कोरोना संक्रमण देखिएको छ । कलेजका कार्यकारी अध्यक्षसहित अन्य स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा। राजु शाक्यले बताए । ‘

प्रतिक्रिया दिनुहोस