अर्घाखाँचीमा रुखबाट खसेर एक महिलाको मृत्यु


बिष्णु कुमार आले, अर्घाखाँची ।
रूखबाट खसेर अर्घाखाँचीको शितगंगा ९ सिद्धाराकी ७१ बर्षीया हेमकला बिकको मृत्युु भएको छ । घर नजिकै खरवारीमा डालेघाँस काट्न चढेकी महिला रूखबाट करिव १५ हात माथिबाट खसेर गम्भीर घाईते भएकी थिईन् । तर उनको थप उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको सिद्धारा प्रहरीले जनाएको छ ।

गाडि नचलेका कारण मंगलबार साँझ रूखबाट खसेर घाईते भएकी महिलालाई ढिलो गरि अस्पताल लगिएको थियो । श्रीमानले छोडेपछि पहिला देखि दिदीलाई आफुले पाल्दै आएको र मंगलबार साझँ एक्कासी रूखबाट खसेर दिदीको मृत्यु भएको क्वारेन्टाइनमा बसेका मृतकका भाइ लाल बहादुर बिकले बताए । मृतक महिलाको श्रीमान र छोराछोरी कोहि छैनन् ।

प्रतिक्रिया दिनुहोस