२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नवलपरासीमा प्याजको मूल्य बढी लिने ५ पसललाई कारवाही



नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित बढी मूल्यमाप्याजबिक्रीगर्ने पाँचपसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज विक्रीगर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे ।

प्याजको कालोबजारी गरेको अभियोगमा सदरमुकाम परासी स्थित रामग्राम नगरपालिका–२ काचारवटा र रामग्राम–७का एक आलु प्याजगोदामपसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

बजारमा पछिल्लो समय प्याजको मूल्यमाभारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीको नेतृत्वमा घरेलु तथा सानाउद्योग कार्यालय, उपभोक्ताहीत संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ४ : ५३ बजे