११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

पाल्पा पहिरो अपडेटः बेपत्ता ५ मध्ये ३ जनाको शव भेटियो



पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिका २ को बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ ।

पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् ।
बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ४ : ५४ बजे