४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङमा ५ किलो अफिमसहित २ जना पक्राउ



दाङ ।

दाङको तुलसीपुरबाट ५ किलो अफिमसहित २ जना पक्राउ परेका छन् । तुलसीपुरको गुम्राह चोकबाट गएराति अफिमसहित रोल्पाको थबाङ घर भइ हाल तुलसीपुर बस्दै आएका ४६ वर्षीय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए । एसपी चन्दले उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  १ : ४५ बजे