४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तिनाउले बगाउँदा एक महिलाको मृत्यु, ४ दिनदेखी बेपत्ता युवकको शव फेला



तिलोत्तमा ।

तिनाउ नदीमा आएको बाढीले बगाउँदा रुपन्देहीको बुटवलमा एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारीअनुसार शुक्रबार राति ९ बजे घरबाट हिँडेकी बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी ४० वर्षीया विष्णु राईको शनिवार बिहान साढे सात बजे बुटवल १५, चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।

त्यस्तै गत असोज ७ गतेदेखि हराएका तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेलको तिलोत्तमा २ स्थित तपाहा नहरमा शव फेला परेको डीएसपी राठौरले बताए । मोटरसाइकलबाट खसेर पानीमा डुबेको अवस्थामा हेल्मेटसहित शव भेटिएको उनले जनाए ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  १ : ५८ बजे