४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कोरोना संक्रमणका कारण नेपालगञ्जमा एक पुरुषको मृत्यु



नेपालगञ्ज ।

कोरोना संक्रमणका कारण नेपालगञ्जका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ९ का ४७ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

मधुमेहको समस्या रहेका उनको भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो। ३१ गते अपरान्ह चार बजे कोरोना पुष्टि भएको थियो। लामो समयसम्म उपचारमा रहँदा पनि उनको स्वास्थ्यमा सुधार नआएपछि आइतबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी मेडिकल कलेज, नेपालगञ्जका प्रशासनिक कर्मचारी भएको बुझिएको छ । फोकलपर्सन श्रेष्ठले योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको जानकारी दिए।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : ०९ बजे