डाक्टरलाई कोरोना, पाल्पा अस्पताल बन्द


पाल्पा ।
डाक्टरलाई नै कोरोना संक्रमण भएपछि पाल्पा अस्पताल बन्द भएको छ । दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र अन्य एक जनामा कोरोना संक्रमण भएपछि अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए ।

उनका अनुसार आकस्मिक सेवा भने बन्द हुने छैन। अन्य सबै प्रकारका सेवा भने बन्द रहनेछन् । सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बन्द गर्नु परेको उनले बताए ।

अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने अस्पतालले जानकारी दिएको छ । अस्पतालमा कार्यरत सबै कर्मचारीको समेत कन्टयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको पाण्डेले बताए ।

केही दिनअघि नौ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा चार जना संक्रमित रहेको पुष्टि भएको थियो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस