गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको ज्यान गयो


गुल्मी ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं ७ टिमुरखर्कदेखि गिटी लोड गरी भनभने जाँदै गरेको लु ३ त ६८९६ नं को ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

गम्भीर घाइते भएका भनभनेका ४५ वर्षीय नेत्रबहादुर घर्तीकोे उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

सोही दुर्घटनामा परी टाउकोमा चोट लागेर घाइते भएका नौ वर्षका आयुष घर्तीकोे तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक मदाने गाउँपालिका ७ बडाचौरका ४० वर्षीय लोकनाथ पन्थी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस