२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

१ लाख बढी रकमसहित जुवाखालबाट ५ जना पक्राउ



दाङ

दाङ प्रहरीले एक लाख बढी नगदसहित जुवा खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका १५ जनकल्याण टोलस्थित प्रवीण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ३७ हजार ९४० रुपैयाँ नगदसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


पक्राउ पर्नेहरुमा घोराही १५ का ३० वर्षीय प्रवीण खत्री, सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जीएम, २७ वर्षीय गोविन्द शाह रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग भएका २ गड्डी र नखेलेको १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ४ : ४५ बजे