१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु



बाँके ।
नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि अशोज २५ गते स्वाव परीक्षण गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो ।

५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७ शनिबार ००:००  ९ : ०२ बजे