२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

दाङमा पनि गुञ्जियो ‘राजा आउ देश बचाउ’ को नारा



दाङ ।

बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्‍याली निकालिएको हो।
झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्‍यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीका सहभागीले ‘राजा आउ देश बचाउ,’ ‘गणतन्त्र धोका हो’, ‘हिन्दु राज्यसहितको राजतन्त्र चाहिन्छ’ जस्ता नारा लगाएका थिए।

र्‍यालीका सहभागीले राष्ट्रिय झण्डा बोकेका थिए। त्यस्तै, उनीहरूले पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहका भनाइ लेखिएका प्लेकार्ड पनि बोकेका थिए।‘देशभक्त नागरिक’को नामबाट भएको र्‍याली घोराहीको तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्नेहरूले ‘राजाबिनाको देश रानीबिनाको माहुरी समान’ बन्न पुगेको तर्क गरेका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७ बिहिबार ००:००  ४ : १२ बजे