८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कस्तुरीको विनासहित रुपन्देहीबाट ३ जना पक्राउ



बुटवल ।

पछिल्लो समय रुपन्देही वन्यजन्तुका विभिन्न अंगको ओसारपसार तथा कारोबार गर्ने क्षेत्र बन्दै गएको छ। रुपन्देही प्रहरीले लगातार एकपछि अर्को वन्यजन्तुका अंगसहित प्रकाउ गरी सार्वजनिक गरिरहेको छ।

गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको भोलिपल्टनै फेरी कस्तुरीको विनासहित ३ जना पक्राउ परेका छन्। सोमबार साँझ रुपन्देहीको देवदह नगरपालिका १० भलुहीबाट १ थान कस्तुरीको विनासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

सूचनाका आधारमा देवदह–१० स्थित स्थानीय टेक बहादुर विकको घरमा शंकास्पद रुपमा बसेका ३ जनाबाट समाथिएका थापाले बताए। उक्त विनाको तौल ६१.४० ग्राम छ। पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव–२ का सुकुरदिन मिया, बागलुङ नगरपालिका–६ का रमेश विक तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का दीपक विक छन्। फक्राउ परेका ३ जनासहित बरामद भएको विना थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा प्रहरीले बुझाएको छ।

रुपन्देही प्रहरीले आइतबार मात्र बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित न्यू कलश होटलबाट १ थान गैँडाको खाग बरामद गरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाउँदा एक तस्कर गम्भीर घाइते भएका थिए।

प्रकाशित मिति : २३ मंसिर २०७७ मंगलबार ००:००  ३ : ४८ बजे