आफ्नै असक्षमताले ओलीले जनतासामु आत्मसमर्पण गरेः चन्द्र भण्डारी


बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतको व्याख्यालाई मानेर अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेसले प्रधानमन्त्रीको कदमलाई असंबैधानिक भनिसकेको तर त्यसको अन्तीम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्र भएको उनले बताए ।

रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा गरेको कार्यक्रममा भण्डारीले सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई सदर गरेमा चुनाबमा जानुपर्ने उल्लेख गरे ।

चुनाबबाट गलत काम गर्नेलाई जनताले पाखा लगाएर नयाँ नेतृत्व दिन सक्ने भण्डारीको तर्क छ । आफ्नै असक्षमताले जनताका पक्षमा केही काम गर्न नसकेपछि प्रधानमन्त्री ओलीले जनतासामु आत्मसमर्पण गरेको उनको निश्कर्ष छ ।

कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उनले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने उनले बताए ।

फरक प्रशंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्बाचन क्षेत्र नै काटेर यताउता समेत गरिएको स्मरण गरे ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस