प्रचण्ड माफी मागेर आउन, अध्यक्ष पद दिन सकिन्छः शंकर पोखरेल


बाँके ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माफी मागेर आएमा अध्यक्ष स्वीकार गर्न तयार रहेको बताउनुभएको छ ।

बाँकेको खजुरामा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उहाँले प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई अराजनीतिक र गम्भीर आरोप लगाएर प्रचण्ड आफै पछारिएको टिप्पणी गर्नुभयो । उहाँले प्रचण्डले आफूले गरेको ऐतिहासिक भूलका लागि माफी मागे पार्टीमा अध्यक्ष पद सुरक्षित रहेको बताउनुभयो ।

पोखरेलले केही नेताहरूको पद र सत्ताको लोभले गर्दा पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पदका लागि पार्टी विभाजन गर्न तयार भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले सोमबार नै बाँकेको खजुरामा प्रदेश सरकारले निर्माण गरेको धनौली, गौघाट सडक र डुडुवामा गन्धैली नाका पुलको उद्घाटन गर्नुभयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस