८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक मृत भेटिए



नेपालगञ्ज ।

राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन्। अनुसन्धानका सहायक सूचक थापामगर लग्दहवास्थित तोरीबारीमा मृत अवस्थामा फेला परेका हुन्।

अनुसन्धान स्रोतका अनुसार बिहीबार अपरान्ह सवा पाँच बजेसम्म थापामगर सम्पर्कमा रहेका थिए। उनको शव आज दिउँसो भेटिएको छ। बाँके प्रहरीका अनुसार, मृतकको शरीरमा कुटपिटको डाम देखिएको छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएको छ। बाँके प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २ माघ २०७७ शुक्रबार ००:००  ३ : २१ बजे