२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अझै तीन दिन लुम्बिनी प्रदेशमा बदली हुने



बुटवल ।
लुम्बिनी प्रदेशमा अझै तीन दिन राम्रोसँग घाम नलाग्ने भएको छ । केही दिन यता लुम्बिनी प्रदेशका तराइका जिल्लामा बदली भइ घाम लागेको छैन ।

पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । यो क्रम अझै तीन दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भनिन् ।

वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७ शनिबार ००:००  ६ : ०१ बजे