१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

श्रीमती हत्याको आरोपमा एक व्यक्ति पक्राउ



पाल्पा ।
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् । ५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका-५ बेजाड का बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीको टोलीले उनको उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । बुद्धिलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७७ आइतबार ००:००  ६ : ४४ बजे