७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिसो बढेपछि पश्चिम नवलपरासीका निजी स्कुल बन्द



परासी ।

चिसो अत्यधिक बढेको भन्दै पश्चिम नवलपरासीका निजी तथा आवासीय विद्यालय तीन दिनका लागि बन्द गरिएका छन् । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुलमा समस्या पर्ने र बालबालिकालाई विद्यालय आउनजान असहज हुने भएकाले आइतबारदेखि मंगलबारसम्म पठनपाठन बन्द गरिएको प्याब्सनका जिल्ला अध्यक्ष इन्द्र गुरुङले बताए ।
जिल्लामा ९६ वटा निजी विद्यालय छन् । बाक्लो हुस्सुले विद्यालय बस चलाउनसमेत जोखिम भएपछि केही दिनका लागि जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ । मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाट टाढा गएका छैनन् । जिल्लामा सोमबार बिहान १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  १२ : ४० बजे