७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बालिका बलात्कार गरेको आरोपमा वाणगंगाका विक पक्राउ



रुपन्देही ।

पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विकले तिलोत्तमा १५ की पाँच वर्षकी बालिकालाई माघे सङ्क्रान्तिको दिन बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले बताउनुभयो ।
बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको पनि प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७७ सोमबार ००:००  १ : ३९ बजे